logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • सडक संघर्षमा प्रचण्ड-माधव समूह, ५० हजार मान्छे उतार्ने तयारी

    सडक संघर्षमा प्रचण्ड-माधव समूह, ५० हजार मान्छे उतार्ने तयारी

    2.2K
    Shares

    पुस १४ काठमाडौँ, संसद विघटनको विरोधमा नेकपाको (प्रचण्ड–नेपाल) समूहले मंगलबार काठमाडौँमा प्रदर्शनकाे तयारी गरिरहेकाे छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै यो कदम असंवैधानिक र अलाेकतान्त्रिक भएकाे भन्दै प्रचण्ड-नेपाल पक्ष सडक संघर्षमा उत्रेको हो । पुष्पकलम दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाले माइतीघर मण्डलामा बिहान ११ बजे आन्दोलनको तयारी गरेको हो ।

    मंगलबारको प्रदर्शनमा ५० हजार भन्दा धेरै नागरिक उतार्ने प्रचण्ड–नेपाल समूहले दाबी गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको हाे । ओली पक्ष सत्तामा छ भने प्रचण्ड नेपाल पक्ष सडकमा आन्दाेलन गरिरहेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend