काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको छ । कम्पनीको ९ लाख ८५ हजार ४४६ कित्ता शेयर सूचीकृत भएको हो ।
गुराँसको मंसिर ४ गते बिहीबार सम्पन्न १० औं वार्षिक सभाले आ।व ७४।०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्न अनुमोदन गरेको ५ दशमलव २५ प्रतिशत बोनस शेयर मंगलबार सूचीकृत भएको हो ।