काठमाडौं – नेपाल कम्यनिष्ट पार्टी नेकपाकी स्थायी समिति सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीले जनताको लोकतान्त्रिक अधिकार खोस्ने दुस्साहस गरेको बताएकी छिन।
संसद विघटनविरुद्ध राजधानीको भृकुटीमण्डपको सभालाई सम्वोधन गर्दै शाक्यले संसद भंग गरेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध धावा बोलेको बताएकी हुन्।
हिजोको राजतन्त्र समेत जनताको शक्तिका सामु निरिह बनेको भन्दै शाक्यले केपी ओलीको सर्वसत्तावादी, निरङ्कुश कदम जनताको अगाडी नटिक्ने बताइन।