काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको निरङ्कुश शासनको आयु समाप्त भएको बताएका छन्। संसद विघटनविरुद्ध राजधानीको भृकुटीमण्डपको सभालाई सम्वोधन गर्दै नेपालले यस्तो बताएका हुन्।
केपी ओलीलाई गणतन्त्रप्रति कुनै माया नभएको भन्दै नेपालले बयलगाढा चढेर अमेरिका पुग्न सक्किन्न भन्ने केपी ओलीले ठुलो त्याग र बलिदानबाट उपलव्ध गणतन्त्रमाथि प्रहार गरेको बताए।
केपी ओलीमा व्यक्तिवाद, निरङ्कुश प्रवृति र गुटगत प्रवृति हावी भएको उनको भनाई छ। ओलीमा कम्युनिष्टमा हुनुपर्ने कुनै पनि गुण नभएको आरोप उनले लगाए। केपी ओली सुध्रिने आशा अझै पनि रहेको भन्दै नेता नेपालले यदि ओली संसद विघटनको कदमबाट पछि हटी संसद पुनर्स्थापनाको पक्षमा अग्रसर भए आफुहरु सबै कुरा बिर्सेर छलफल गर्न तयार रहेको बताए।
नेपालले ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको अन्यथा भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिने काँध थाप्न नसकिने उल्लेख गरे।