logo

२०८१ मंसिर २७ बिहिबार

logo
  • बिहिबार, २७ मंसिर २०८१
  • एनसेल रिचार्ज भ्यालिडिटी घटेर चिन्तित हुनुहुन्छ ? यस्ता छन् नयाँ सुविधा

    एनसेल रिचार्ज भ्यालिडिटी घटेर चिन्तित हुनुहुन्छ ? यस्ता छन् नयाँ सुविधा

    308
    Shares
    एनसेल रिचार्ज भ्यालिडिटी घटेर चिन्तित हुनुहुन्छ ? यस्ता छन् नयाँ सुविधा

    काठमाडौं । एनसेलले पछिल्लो समय ग्राहकलाई सस्तोमा प्याकमा आधारित सेवाहरुको प्रयोग प्रोत्साहन गर्न रिचार्ज भ्यालिडिटीको समय घटाएको छ । रिचार्ज ब्यालेन्सको भ्यालिडिटी घटेकोमा केही असुविधा देखिएता पनि ग्राहकहरुका लागि थुप्रै प्याक सेवाहरु एनसेलले प्रदान गरेको छ ।

    कम्पनीका अनुसार, ब्यालेन्स राखेर बिना कुनै प्याक अर्थात पेएजयूगोमा सेवा चलाउँदा सेवा महँगो हुन्छ । त्यसैले भ्यालिडिटी घटाउनुको प्रमुख कारण ग्राहकलाई प्याकमा आधारित सेवाहरू किन्न प्रोत्साहित गर्नु देखिन्छ ।

    ग्राहकको माग सम्बोधन गर्दै सस्तोमा सेवा दिन एनसेलले १, ३, ७ र २८ दिन अवधि भएका भ्वाइस, डेटा वा दुवै सेवाहरू उपलब्ध गराउँदै आएको छ । यसले ग्राहकहरूलाई सस्तो दरमा मोबाइल सेवा दिन्छ र केही नगरी पनि मेरो ब्यालेन्स सकिन्छ भन्ने चिन्ता हट्छ ।

    उदाहरणका लागि ५० रुपैयाँमा ग्राहकले ३० रुपैयाँको अनलिमिटेड भ्वाइस प्याक वा ५० रुपैयाँमा अनलिमिटेड डेटा प्याक लिन सक्छन् । अनलिमिटेड डेटा प्याक र सधैं अनका प्याकहरुले वाईफाई खोज्न पर्ने बाध्यता हटाउँदै छ । केही गरी भ्यालिडिटीभित्रै ब्यालेन्स खपत गरेर सकिएन भने त्यस्तो ब्यालेन्स क्यारी ओभर हुने र पछि ब्यालेन्स रिचार्ज गरेपछि त्यसमा बाँकी ब्यालेन्स थपिने एनसेलले जनाएको छ ।

    सधैं अन सेवा सञ्चालनमा ल्याइपछि एनसेलले एकदमै सरल प्याकेजहरु दिईरहेको छ । जसमा अनलिमिटेड भ्वाइस र डेटा जस्ता सेवा पनि समावेश छन् । यो प्याकमा ग्राहकहरूले भ्वाइस र डेटा सेवाहरूको अधिकतम उपयोग गर्न सक्छन् ।

    पछिल्लो समय एनसेलले हाल भईरहेको नेपाल प्रिमियर लिगलाई ध्यानमा राखेर सधैं अनका प्याकहरुमा निःशुल्क अनलिमिटेड यूट्युब पनि प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार २० लाख भन्दाबढी ग्राहकले अहिले सधैं अन प्याक प्रयोग गर्दछन् । प्याक किनेपछि ग्राहकहरूले आफुले के मा पैसा खर्च गर्दैछु भन्ने सहजै हेक्का राख्न सक्छन् ।

    सधैं अनका प्याकहरुमा ग्राहक सुविधाका लागि एनसेलले डेटा र भ्वाइस साटासाट गर्न सकिने सुविधा पनि प्रदान गर्दै आएको छ जुन ग्राहकका लागि एकदमै उपयोगि रहेको छ । जस्तै उदाहरणका लागि ग्राहकले ५० मिनेट भ्वाइसलाई १२५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी १ जीबी डेटा ४१ मिनेट भ्वाइसमा रुपान्तर गर्न सक्छन् ।ग्राहकहरूले आफुलाई सधैं अन प्याकमा समावेश गरेमा भ्यालिडिटीको समस्या नआउने कम्पनीको भनाई रहेको छ ।

    ग्राहकहरूले एनसेल एपमार्फत टप अप अर्थात ब्यालेन्स रिचार्ज गरेमा भ्यालिडिटी थपिने व्यवस्था पनि रहेको छ । यस्तो व्यवस्थाले विस्तारै स्क्र्याच कार्डमाथिको निर्भरताबाट डिजिटलमा जान र ग्राहकहरु स्वयंलाई डिजिटल बन्न सहयोगी हुनेछ ।

    डिजिटल टप अपमा आफूले भ्यालु थप्दै लाने अफरहरुमा पनि भ्यालु बढाउँदै लाने एनसेलले जनाएको छ । एनसेलले यो रिचार्ज भ्यालिडिटी सावधानीपूर्वक विश्लेषण गरि दूरसञ्चार क्षेत्रको दिगो विकासलाई लक्ष्यमा राखी गरिएको र आगामी दिनहरूमा पनि जे गरिन्छ त्यो ग्राहकको सर्वोत्तम हितमा हुने बताएको छ ।

    रिचार्ज भ्यालिडिटी घटाउने, बढाउने जस्ता कार्य सेवा प्रदायकले आफ्नै नीतिअनुरुप निर्धारण गर्ने गर्दछ । यसरी निर्धारण गर्दा कम्पनीले प्रोडक्ट भ्यालिडिटी, व्यवसाय र समग्र बजारका विभिन्न आधारहरुलाई ध्यानमा राख्दछ । सिम रिसाइकलिङको विषय भने प्राधिकरणले निर्देशित गर्दछ, जसको पालना एनसेलले सधैं गर्दै आएको बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend