काठमाडौं । सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । जोशीलाई बिहीबार साँझबाट अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको हो । छातीमा गाह्रो भएको सिकायतपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।
बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो ।
जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।