logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चिनियाँ टोली भ्रमणको उद्देश्य नेपालमा राजनीतिक स्थिरता होस् भन्ने मात्र हो : पम्फा भुसाल 

    चिनियाँ टोली भ्रमणको उद्देश्य नेपालमा राजनीतिक स्थिरता होस् भन्ने मात्र हो : पम्फा भुसाल 

    3.3K
    Shares

    पुस १५ काठमाडौं, नेकपाकी नेतृ पम्फा भुसालले नेपालमा चिनियाँ उच्च टोलीको भ्रमणको उद्देश्य  नेपालको राजनीतिक स्थिरताको चासोमात्र भएको बताएकी छिन् । नेकपा पार्टी विभाजन भइरहेको यस्तो अवस्थामा नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले पार्टी नफुटे हुन्थ्यो  भन्ने आशय व्यक्त गरेको भुसालले बताएकी छिन् । 

    सुनौलो नेपालसँगको कुराकानीका क्रममा उनले चीनको यस किसिमको चासोलाई विदेशी हस्तक्षेप भन्न नमिल्ने पनि बताएकी छिन् । उनले भनेकी छिन् ‘भाइचारा सम्बन्ध भएको पार्टीमा एकले अर्कामा सुझाव दिनु र चासो राख्नु विदेशी हस्तक्षेप हुनु होइन ।’ 

    देशमा राजनीतिक स्थिरता भए हुन्थ्यो जसले गर्दा नेपालमा आर्थिक समाजिक विकास हुन्थ्यो, जनताले सुख पाउँछन्  भन्ने नै चीनको चासो भएको र शीर्ष नेताहरुसँग पनि यही कुरामा छलफल भएको उनले बताएकी छिन् ।

    फरक प्रसंगमा अब पुनः पार्टी एकता सम्भव छ कि छैन ? भन्ने प्रश्नमा भुसाल भन्छिन्, ‘संसदको पुनस्र्थापना गर्ने र यस्तो गर्नु गल्ती भो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आत्माआलोचना गर्नुभयो भने पुनः एकता हुन सक्छ ।’

    पछिल्लो समय पार्टीमा विवाद हुनु र अहिलेको यो परिस्थिति सिर्जना हुनुमा केपी ओलीले आफूमात्र सर्वश्रेष्ठ ठानेको उनको आरोप छ । उनी भन्छिन् ‘पार्टीका स्थायी कमिटीमा छलफल नै नगर्ने, बैठकमा उपस्थित नहुने, बैठकबाट भाग्ने, कसरी हुन्छ आफ्नो गुट हावी बनाउने भन्नेमामात्र ओलीको ध्यान केन्द्रित भएका कारण यस्तो परिस्थिति आएको हो ।’

    संसदको पुनस्थापना नै अबको उपयुक्त विकल्प भएको र अब यही हुनेमा उनको विश्वास छ । यदि यस्तो हुन नसकेको अवस्थामा फेरि आफूहरु जनतासमक्ष जाने पनि उनले बताइन् । उनले तोकेको मितिमा चुनाव नहुने जिकिर पनि गरिन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरेको संसद विघटन चुनाव गर्नका लागि नभएको पनि बताएकी छिन् । उनले भनिन् ‘यो चुनाव गराउनका लागि भएको प्रक्रिया होइन । यो गैरसंवैधानिक हो । यो संवैधानिक कु पनि हो । यसको मार्ग भनेको प्रतिगमनतिर नै हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend