logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रचण्डले मुलुकमा सँधै महाविपत्ति ल्याएको लेखराज भट्टकाे आरोप 

    प्रचण्डले मुलुकमा सँधै महाविपत्ति ल्याएको लेखराज भट्टकाे आरोप 

    2.2K
    Shares

    पुस १५ काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली पक्ष) का नेता लेखराज भट्टले आराेप लगाएका छन् । 

    पूर्वमाओवादी नेता समेत रहेका उद्योगमन्त्री भट्ट यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाडेर ओली खेमामा देखिएका छन् । राजधानीस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनले अध्यक्ष प्रचण्डको खुलेर आलोचना गरे । उनले भने, ‘प्रचण्डले सधैँ क्रमभङ्ग, धक्का अनि महाविपत्तिको सिद्धान्तको चर्चा गर्नुहुन्थ्यो । आज उहाँले महाविपत्ति ल्याउनुभएको छ । सडकमा गएर मच्चाइराख्नु भएको छ ।’

    प्रचण्डले आफै अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता ल्याएको भन्दै अहिले सडकमा गएर फेरि आफैँ गणतन्त्र र संघीयता खतरामा परेरको भनेर कराउन थालेको भट्टले बताए । ‘केपी ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा उहाँले हिम्मत गर्नु सक्नुभएन । उहाँले पदका लागि पार्टी फुटाएको हो,’ उनको भनाइ थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend