काठमाडौं – प्रधानमन्त्री केपी ओलीले माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता मात्र भएको आरोप लगाएका छन्।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।
‘उहाँ सधै उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो, ओलीले भने, ‘प्रचण्डको कार्यकर्ता भएर जानुभयो। उहाँ हाताहाती पद चाहिन्छ भन्नुहुन्थ्यो, दित्तीय भएर प्रचण्डसंग जानुभयो। ‘
तर म उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुन्छ।’ ओलीले भने।