सुनौलो नेपाल – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतपत्र नच्याती बत्ती ननिभाई हुने प्रतिस्पधार्त्मक चुनावमा आउन चुनौती दिएका छन्।
बुधबार ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा ओलीले प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर लोकतन्त्रको उपहास गरेको आरोप लगाउदै अब हुने चुनाव निपक्ष हुने दाबी गरे।
‘प्रचण्डले कांग्रेसँग मिलेर छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पारेको इतिहास सम्झाउदै मत्रपत्र नच्याती बत्ति ननिभाई हुने खुल्ला चुनावमा आउनुस म चुनौती दिन चाहन्छु उनले भने ‘।
हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पुरा भिडियो