logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • आन्दोलनका नाममा अदालतलाई धम्क्याउने, तर्साउने जस्ता गतिविधि कांग्रेसले गर्दैन: देउवा

    आन्दोलनका नाममा अदालतलाई धम्क्याउने, तर्साउने जस्ता गतिविधि कांग्रेसले गर्दैन: देउवा

    2.4K
    Shares

    पुस १६ काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकाले यसलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्। 

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवस का अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार बिहान गरेको भर्चुअल कार्यक्रममा देउवाले यस्तो आग्रह गरेका हुन्। 

    प्रधानमन्त्री केपी  ओलीले संसद भंग गरेर देशलाई संकटको भुमरीमा हालेको भन्दै सभापति देउवाले ओलीको कदमको विरोध गर्ने तर अदालतमा रहेको विषयलाई प्रभावित पार्नेगरी कांग्रेसले अहिले कुनै गतिविधि नगर्ने बताए। 

    ‘सडक आन्दोलन गरेर अदालतलाई धम्क्याउने, तर्साउने जस्ता गतिविधि कांग्रेसले गर्दैन’, देउवाले भने, ‘ओलीको अलोकतान्त्रिक कदमको कांग्रेसले विरोध गर्छ तर अदालतमा विचाराधीन मुद्दा भएकाले फैसलापछि मात्रै आगामी रणनीति बनाएर अगाडी बढ्छ।’

    पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन कांग्रेसले पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend