पुस १६ काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार संविधानमा नरहेको बताएका छन्।
राजनीतिक दलसँग आबद्ध विभिन्न महिला संघका नेतृहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताएका हुन्।
सापकोटाले यसबारे समग्र पक्षसँग छलफल र परामर्श गरिरहेको बताएका थिए।