logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

    कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

    2K
    Shares

    वासिङ्टन । संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार नौसय भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । 

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । 

    विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा विगत २४ घण्टाको अवधिमा तीन हजार नौ सय २७ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ । यस्तै एकै दिन एक लाख ८९ हजार छ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । 
    यो सहित अमेरिकामा कूल संक्रमितको संख्या दुई करोड नाघेको छ भने तीन लाख ५० हजार  सात सय ७८ जनाको मृत्यु भएको छ । 

    अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउसीले महामारीको असर हिउँदका दिनहरुमा अझ बढ्न सक्ने चेतावनी दिएका छन् । उनले बिदाका दिनहरुमा हुने जमघटले समेत कोरोना संक्रमण फैल्याउन थप भूमिका खेल्ने बताए । 

    अमेरिकामा यतिबेला खोप लगाउने अभियान जारी छ र करिब २८ लाख व्यक्तिले खोप लगाइसकेका छन् । यसै डिसेम्बर महिनाको अन्त्यसम्ममा २ करोड व्यक्तिलाई खोप दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना असफल भइसकेको छ । 

    यसैबीच, विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या आठ करोड ३२ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १८ लाख १३ हजार नाघेको छ । 

    भारतमा कूल संक्रमितको संख्या एक करोड नाघेको छ भने मृत्यु भएकाको संख्या एक लाख ४८ हजार पुगेको छ । तेस्रो बढी संक्रमण फैलिएको ब्राजिलमा एक लाख ९३ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend