काठमाडाैं । कोप १६ रियादमा ३९ वटा निर्णयहरुसहित सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघको कन्भेन्सन टु कम्ब्याट डेजर्टिफिकेशनको पक्षहरूको सम्मेलन (कोप १६) को १६ औँ बैठक ३९ वटा निर्णयसहित सम्पन्न भएको हो ।
बैठकबाट खडेरीसम्बन्धी प्रक्रियागत निर्णयसहित ३९ निर्णयहरू पारित भएका छन् । यसैबीच, मरुभूमिकरण, भूमि क्षय र खडेरीको सामना गर्न विश्वभर, विशेष गरी सबैभन्दा कमजोर देशहरूमा १२ बिलियन अमेरिकी डलर भन्दा बढीको वाचा गरिएको थियो ।
डिसेम्बर २–१३ सम्म हाम्रो भूमि, हाम्रो भविष्य भन्ने विषयमा चलेको कोप १६ हालसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्र भूमि–केन्द्रित सम्मेलन र मध्य पूर्व र उत्तर अफ्रिकामा पहिलो सम्मेलन हो ।