logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्य हो : सञ्चारमन्त्री गुरुङ

    सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्य हो : सञ्चारमन्त्री गुरुङ

    392
    Shares
    सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्य हो : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताए । उनले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने बताए । उनले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताए ।

    उनले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए । उनले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नगरी कामहरु अघि बढाइरहेको बताए ।

    उनले भने, ‘सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ । सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ । राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि पहिला त ठूला राजनीतिक दलहरुमा एकता कायम हुनुपर्यो ।

    अहिले कांग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौँ । भ्यागुताको धार्नी पु¥याउनुपर्ने स्थितिको अन्त्य गरेका छौँ । सुशासन आजको मुख्य एजेण्डा हो । पुँजीगत खर्च बढाउने कुरा आजको हाम्रो मुख्य एजेण्डा हो । जनतासँग रेस्पोन्सिब हुनुपर्यो नि । जनतासँग रेस्पोन्सिब ढंगले काम गरिरहेका छौँ ।’

    मन्त्री गुरुङले वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेको बताए । उनले आजको आवश्यकताअनुसार ऋण सहायता लिनुपर्ने बताए । उनले बिस्तारै राजश्व वृद्धि हुँदै गएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend