logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएन : ज्ञानेन्द्र मल्ल

    सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएन : ज्ञानेन्द्र मल्ल

    455
    Shares
    सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएन : ज्ञानेन्द्र मल्ल

    काठमाडौं । कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन् ।

    सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच सहज नभएकाले रोक्नसक्छौं भन्ने लागेको बताएका हुन् । तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड सेट गरेर खेलेको उनको भनाइ छ ।

    उनले पावर प्लेमा राम्रो बलिङ गरेपछि जितको सम्भावना पनि बढे पनि सफल नभएको बताए । १४० रनको लक्ष्य बनाउन सकेको भए पहिलो क्वालिफायरमा पुग्ने सम्भावा पनि रहेको उनको भनाइ छ । तर विकेट सहज नभएकाले सफल नभएको उनले बताए ।

    देव खनालले स्पिनरसँग राम्रो खेल्नसक्ने भनेर उनलाई चौथो नम्बरमा ब्याटिङ गर्न पठाएको प्रशिक्षक मल्ल बताउँछन् । बलरले राम्रो गर्दा यहाँसम्म आइपुगे पनि अब ब्याटरबाट धेरै आशा गरेको उनले उल्लेख गरेका छन् ।

    सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अन्य समीकरण भन्दा पनि आफ्नो जित ध्यानमा राखेर खेलेको बताए । आफ्नो जितले अन्य टोली यहाँ पुग्छ भन्ने कुरा नसोची आफ्नो जितलाई ध्यानमा राखेर खेलेको उनको भनाइ छ ।

    उनले टोली बलियो रहेकाले शुरुदेखि राम्रो खेलेर उपाधि जित्छौं भन्ने विश्वास रहेको पनि बताए । आगामी खेलमा यही लय जारी राखे लक्ष्य सम्भव हुने उनी बताउँछन् ।

    उनले योजना बनाएर जनकपुरसँग पनि राम्रो खेल्ने लक्ष्य रहेको बताएका छन् । अहिलेसम्म दिएको साथ फाइनलसम्म पनि दिन उनले समर्थकलाई आह्वान गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend