logo

२०८१ पुष ३ बुधबार

logo
  • बुधबार, ३ पुष २०८१
  • कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ : शरद भेषावकर

    कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ : शरद भेषावकर

    581
    Shares
    कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ : शरद भेषावकर

    काठमाडौं । चितवन राइनोजका अनभुवी खेलाडी शरद भेषावाकारले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी क्रिकेटरसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन् ।

    खेलपछिको पत्रकार सम्मेलनमा शरदले सोहेल र बोपाराले गरेर आठ सयदेखि एक हजार खेल खेलिसकेको र ती अनुभवी खेलाडीबाट आपूmह धेरै कुरा सिक्न पाएको बताएका हुन् ।

    टिमका सबै खेलाडीको अनुभव जोड्दा रवि र सोहेलको नजिक नपुग्ने उल्लेख गर्दै शरदले उनीहरूले धेरै ज्ञान पनि सिकाउने गरेको बताए । समग्रमा धेरै प्रयास गरे पनि अगाडिको यात्रा सम्भव नभएको उनी बताउँछन् । उनले जहिल्यै पनि ब्याक सिटमा बस्ने कुशलले आफूलाई नेतृत्वमा विकास गरेको देख्दा खुशी लागेको बताए ।

    आफ्नै कप्तानीमा फ्रेन्चाइज लिग खेल्दा ट्यालेन्ट हन्टबाट ल्याएको कुशलकै कप्तानीमा खेल्न पाउनु आफ्नो लागि खुशी लागेको उनी बताउँछन् । कहिलेसम्म क्रिकेट खेल्ने अहिले नै भन्ने नसके पनि अवसर पाएसम्म क्रिकेट खेल्ने उनको भनाइ छ । आफूसँगै खेलेका सहकर्मी व्यवस्थापन र प्रशिक्षणमा राम्रो गरिरहँदा आफूलाई खुशी लागेको उनको भनाइ छ ।

    उहाँहरूको काम प्रशंसनीय रहेको उनी बताउँछन् । कप्तान भएपछि उसमाथि धेरै जिम्मेवारी हुने र त्यसमा कुशलले धेरै पक्षमा आफूलाई विकास गरेको उनको भनाइ छ ।

    ब्रायन लाराजस्ता क्रिकेटर नेपाल आउनु र उहाँहरूले नेपालको क्रिकेट प्रमोट गर्नु राम्रो र सुखद् पक्ष रहेको उनी बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend