काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पुन: विरोध जनाएकी छिन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमको विरोधमा रहेको झाँक्रीले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत विरोध जनाएकी हुन् ।
सरकारले काम गर्न नसकेको सत्य भएको उल्लेख गरी उनले प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरी संसद विघटन गराएको बताइन् । ‘भ्रष्ट्राचारीको संरक्षण गरेको सत्य हो । हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो ।’
झाँक्रीले भनेकी छिन्, ‘संसद विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन । यस्तो असंवैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन ।’ ओली सरकारले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा सत्ता र सडकमा बाँडिएको छ ।
भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य हो।हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो।काम गर्न सकिन भनेर जाने संसदमा हो।संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन।यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।
— Ram kumari Jhakri (@Jhakri_didi) January 2, 2021