logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

    दोस्रो चरणको देशव्यापी आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

    2.6K
    Shares

    पुस १८ काठमाडाैं, प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड-नेपाल समूह) ले शनिबार दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने भएकाे छ ।

    यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएकाे छ । 

    नेपाली कांग्रेस र अन्य दलसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार भएकाे छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूहले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो ।

    दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेकाे नेताहरुले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend