logo

२०८१ पुष ५ शुक्रबार

logo
  • शुक्रबार, ५ पुष २०८१
  • रोमाञ्चक खेलमा कर्णालीविरुद्ध जनकपुर विजयी, फाइनलमा सुदूरपश्चिमसँग भिड्ने

    रोमाञ्चक खेलमा कर्णालीविरुद्ध जनकपुर विजयी, फाइनलमा सुदूरपश्चिमसँग भिड्ने

    945
    Shares
    रोमाञ्चक खेलमा कर्णालीविरुद्ध जनकपुर विजयी, फाइनलमा सुदूरपश्चिमसँग भिड्ने

    काठमाडौं ।  कर्णाली याक्सलाई दोस्रो पटक पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । यसअघि लिग चरणको खेलमा पनि जनकपुरले कर्णालीलाई पराजित गरेको थियो ।

    कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो ।

    यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।

    जनकपुरका जिमि निशमले सर्वाधिक ४५ रन जोडे । २ चौका र ५ छक्का प्रहार गरेका निसम विपिन शर्माको बलमा बोल्ड आउट भए । हर्ष थाकेर १७ रन बनाउँदा रनआउट भए ।  १९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्‍यो । शेर मल्लले १० बलमा अविजित १६ रन बनाए ।

    आकाश त्रिपाठी १३ रन थप्दै पेभेलियन फर्के । मयन यादव १४ रनमा रन आउट भए । शेर मल्ल १६ किशोर महतो शुन्य रनमा अविजित रहे ।

    बलिङमा कर्णालीका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी, विलियन बसिस्टो र जिसन मक्सुदले समान एकएक विकेट लिए ।

    जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो ।

    कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।

    बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend