logo

२०८१ पुष ५ शुक्रबार

logo
  • शुक्रबार, ५ पुष २०८१
  • पिचमा ब्याटिङ गर्न सहज भएन, न्युन लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : कर्णालीका विपिन शर्मा

    पिचमा ब्याटिङ गर्न सहज भएन, न्युन लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : कर्णालीका विपिन शर्मा

    1.4K
    Shares
    पिचमा ब्याटिङ गर्न सहज भएन, न्युन लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : कर्णालीका विपिन शर्मा

    काठमाडौं । कर्णाली याक्सका लागि उत्कृष्ट बलिङ गरेका विपिन शर्माले जनकपुर बोल्ट्सविरुद्ध न्युन योगफल बनाए पनि रक्षा गर्न सकिने खालको रहेको बताएका छन् ।

    जनकपुरसँग दोस्रो क्वालिफायरमा पराजित भएपछि विपिनले पिचमा ब्याटिङ गर्न सहज नरहेको उल्लेख गर्दै ११९ रनको लक्ष्य रक्षा गर्ने उद्देश्यका साथ खेलेको बताएका हुन् । आफ्नो टिमलाई जस्तै जनकपुरलाई पनि ब्याटरलाई ब्याटिङ गर्न सहज नहुने भएकाले त्यहीअनुरूप खेलेको उनको भनाइ छ ।

    यद्यपि, उनले त्यो पिच १३० रनसम्मको लक्ष्य राम्रो हुन सक्ने पनि उल्लेख गरे । केही दिन अगाडि निसामसँगको भेटमा उनलाई आउट गर्ने अठोट व्यक्त गरेको उनको भनाइ छ । उनलाई आउट गर्न सफल हुँदा धेरै खुसी रहेको उनी बताउँछन् ।

    विपिनले अहिले नै आफूलाई धेरै चर्चामा नल्याउन पनि आग्रह गरेका छन् । धेरै खेलाडीहरू छिटै चर्चामा आएर हराउने गरेकाले आफू त्यो बन्न नचाहने उनको भनाइ छ । प्रक्रियागत रूपमा १/१ पाइला अगाडि बढ्ने विपिनको योजना छ । उनले एनपिएल जस्तो ठूलो स्टेजमा खेल्ने अवसर पाउनु नै आफ्नो लागि महत्वपूर्ण रहेको बताए ।

    आफू कर्णाली क्रिकेट एकेडेमीमा सिक्ने गरेको र त्यहाँका प्रशिक्षकसँगै कर्णाली प्रदेशका कप्तान रविन्द्रजंग शाहीले यहाँसम्म आइपुग्न मद्दत गरेको उनी बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend