logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • संसद विघटन ग्राण्ड डिजाइनमा भएको हो, अदालतले ब्युँताउँदैन : अमरेश सिंह (भिडियोसहित)

    संसद विघटन ग्राण्ड डिजाइनमा भएको हो, अदालतले ब्युँताउँदैन : अमरेश सिंह (भिडियोसहित)

    3.5K
    Shares

    पुस १८ काठमाडौं, नेपाली कांग्रेसका निवर्तमान सांसद अमरेश कुमार सिंहले संसद विघटन ग्राण्ड डिजाइनमा भएको र यसलाई अदालतले नब्युँताउने बताएका छन् । 

    उनले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर नेपालको संविधानको समेत अपहेलना गरेको बताए । नेपालमा लामो समयदेखि बहुमत प्राप्त गरेको सरकारले कहिल्यै पनि काम गर्न नसकेको पनि उल्लेख गरे । 

    बहुमतको सरकार बनेपछि नागरिकले ठूलो आशा राखेको र त्यो आशा सरकारले पूरा गर्न नसकेको उनको बुझाइ छ । तोकिएको मितिमा चुनाव होला भन्ने आशा पनि नरहेको उनी बताउँछन् । 

    सिंहले नेकपाको पार्टी एकता नै अप्राकृतिक भएकाले सफल नभएको पनि बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीको क्रममा उनले तत्कालीन माओवादी केन्द्र र एमालेको एकता पानी र तेलसँग तुलना गरेका छन् । उनले भने, ‘सामान्य अवस्थामा पानी र तेलको मिश्रण हुँदैन । कि त पानी र तेल मिसाएर अरु नै केही कुरा पकाउनुपर्ने हुन्छ । यो एकता पनि त्यस्तै थियो ।’

    नेकपाको यो एकता विशुद्ध स्वार्थको पार्टी एकता भएको पनि उनको आरोप छ । 

    दुवै पार्टी कम्युनिष्ट भए पनि दुवै पार्टीको सिद्दान्त र तरिका फरक–फरक भएकोले एकता लामो समय नटिक्ने पहिला नै प्रस्ट भइसकेको उनले बताएका छन् । 

    कुराकानीका क्रममा उनले यसअघि नै नेताहरु गलत बाटोमा हिँडेको र स्वार्थको राजनीति गरिरहेकाले यसले कुनै दिन ठूलो दुर्घटना निम्त्याउँछ भनेर भन्दै आइरहेको दाबी पनि गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend