logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रचण्ड–माधव नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलनकाे कार्यक्रम घोषणा

    प्रचण्ड–माधव नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलनकाे कार्यक्रम घोषणा

    3.5K
    Shares

    पुस १८ काठमाडाैं, प्रचण्ड–माधव नेपाल पक्षले एक महिनाका लागि दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । शनिवार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको हो ।

    बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन् । जसमा देशभर विरोध प्रदर्शन, भेला, मसाल जुलुस,सभा र विभिन्न राजनीतिक दलहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका कार्यक्रम छन् ।

    के के छन् आन्दोलनका कार्यक्रम :

    पुस २० गतेसम्म पालिका स्तरमा र २५ सम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।

    पुस २५ गते सम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।

    पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।

    पुस २ नागरिक समाजसँग अन्तरक्रिया ।

    पुस २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।

    पुस २६ गते सडक संविधान वाचन व्याख्या कार्यक्रम ।

    पुस २७ गते सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।

    पुस २८ गते घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।

    पुस २९ गते निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।

    पुस ३० गते सबै वडामा विरोध प्रदर्शन र सभा ।

    माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।

    माघ १० गते राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।

    माघ १६ गते प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।

    माघ २२ गते वडा तहमा मसाल जुलुस ।

    माघ २३ गते राजधानीमा विरोध प्रदर्शन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend