logo

२०८१ पुष ५ शुक्रबार

logo
  • शुक्रबार, ५ पुष २०८१
  • सारडा र जाजु ग्रुपको चाउचाउ व्यापार बढ्दो, एसियन थाइ फूड्सको पौने ५ अर्ब कारोबार

    सारडा र जाजु ग्रुपको चाउचाउ व्यापार बढ्दो, एसियन थाइ फूड्सको पौने ५ अर्ब कारोबार

    308
    Shares
    सारडा र जाजु ग्रुपको चाउचाउ व्यापार बढ्दो, एसियन थाइ फूड्सको पौने ५ अर्ब कारोबार

    काठमाडौं । व्यवसायिक घरना सारडा र जाजु ग्रुपले सञ्चालन गरिरहेको एसियन थाइफूड्सको चाउचाउ व्यापार बढ्दै गएको छ । एक वर्षमा एसियन थाइफूड्सले पौने ५ अर्ब रुपैयाँ बराबरको चाउचाउ व्यापार गरेको छ ।

    उद्योगले २०२४ मा ४ अर्ब ८७ करोड ९० लाख रुपैयाँको चाउचाउ व्यापार गरेको जनाएको छ । यस्तै २०२३ मा ४ अर्ब ७३ करोड ६० लाख, २०२२ मा ४ अर्ब २ करोड ९० लाख र २०२१ म ३ अर्ब ८५ करोड ७० लाख रुपैयाँको विभिन्न ब्राण्डको चाउचाउ बिक्री गरेको छ ।

    सार्वजनिक भएको वित्तीय विवरण हेर्दा एसियन थाइ फूड्सको व्यापार बढ्दै गएको छ । पछिल्लो समय चाउचाउ बनाउन आवश्यक कच्चा वस्तुको मूल्यमा आएको गिरावटले गर्दा उद्योगको सञ्चालन मार्जिन बढेर ८.७ प्रतिशत पुगेको छ ।

    सरकारले भन्सार दर लगाएर संरक्षण गरेका कारण चाउचाउ, चिप्स, स्न्याक्स र बेभरेज कम्पनीहरुले लाभ लिइरहेका छन्।

    एसियन थाइ फूड्सले ८४ करोड ६० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । उद्योगले तयारी नुडल्स, रमेन नुडल्स र ह्वाइट नुडल्स र स्न्याक उत्पादन गर्दै आएको छ । उद्योगले रमपम, टु पिएम, प्रिती चाउचाउका साथै कुरुमकुरुम, क्रेजी र मामा ब्राण्डमा स्न्याक्सहरु उत्पादन गर्दै आएको छ ।

    कूल व्यापारमा ८३ प्रतिशत हिस्सा चाउचाउ र बाँकी स्न्याक्सको हिस्सा रहेको उद्योगले जनाएको छ । उद्योगको चाउचाउ बजारमा बलियो उपस्थिती रहेको छ । उद्योगको मुख्य ब्राण्ड रमपम र प्रिती चाउचाउ भएको एसियन थाइफूड्सले जनाएको छ । बढ्दो व्यापारले उद्योगको वित्तीय अवस्था मजवुत बन्दै गएको छ । उद्योगको चाउचाउ बजार पूर्वदेखि पश्चिमसम्म रहेको छ ।

    चाउचाउ बनाउन आवश्यक पाम आयल र मैदाको मूल्यमा आउने उतारचढाव हुँदा उद्योगको आम्दानीमा असर पर्ने गरेको छ ।

    सन् १९९९ मा स्थापना भएको एसियन थाइफूड्ले सुरुमा रमपम चाउचाउ उत्पादन थालेको हो । कारखाना सुनसरीको सोनपुरमा छ । ग्रुपको उत्पादन, अटोमोबाइल, सिमेन्ट, खाद्यन्न र वित्तीय क्षेत्रमा लगानी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend