logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चुनावमा दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड–नेपाल समूहलाई ओलीको चुनौति

    चुनावमा दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड–नेपाल समूहलाई ओलीको चुनौति

    3.2K
    Shares

    पुस १८ काठमाडाैं, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौति दिएका छन् ।

    शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहले बहुमत रहेको दाबी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने बताए ।

    ‘बहुमतकाे दाबी गर्न खाेई चुनाव लडेकाे ? त्यसै बहुमत ?’ उनले प्रश्न गरे । 

    प्रचण्ड–नेपाल समूहको नेताको ध्यान पदमा मात्रै केन्द्रित भएको आरोप पनि उनले लगाए ।  पद चाहिएकाे भए केन्द्रीय कमिटिमा आउन उनले सुझाब पनि दिएका छन् ।

    ‘सुन्तला खानु छ भने सुन्तला बारीतिर पो जानुपर्थ्याे, सल्लाघारीतिर लाग्ने ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे । प्रधानमन्त्री  ओलीले नेकपाको वैधानिकतालाई लिएर प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष पनि गरेका छन् ।

    उनले निर्वाचन आयोगमा निवेदन हाल्दैमा वैधानिकता प्राप्त नहुने पनि बताए । उनले भने, ‘यो बरमझियाको बुढाको पेडा पसल हो ? असली र नक्कली ?’

    ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत  व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend