पुस १९ काठमाडौं, एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने बताइन् ।
एमसीसी अनुमोदन कोष खुला भइ नरहने हुनाले सक्दो चाँडो सम्झौता संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाई छ।
विद्युतीय प्रशारण लाइन निर्माण र सडक स्तरोन्नति गर्न एमसीसीबाट करिब ५५ अर्ब रुपैयाँ अनुदानका लागि भएको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने सर्त छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अनुमोदन अनिश्चित बनेको छ ।
अमेरिकाले पटक पटक एमसीसी छिटो पारित हुनुपर्नेमा जोड दिँदै आएको छ । तर अनुमोदन गर्ने नगर्ने भन्ने विषयमा नेपालको संसददेखि सडकसम्म मतभेद देखिएको छ।