पुस १९ काठमाडौं, विभाजित नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड- नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा सुरु भएको छ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि नेकपामा विभाजन आएको थियो। संसद विघटनको ओलीको कदम असंबैधानिक भएको भन्दै प्रचण्ड नेपाल समुहले उक्त कदमको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
थप रणनीति तय गर्न आज स्थायी समिति बैठक बसेको एकजना स्थायी समिति सदस्यले जानकारी दिए। आजको बैठकमा पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणको घोषित आन्दोलनका विषयमा समेत छलफल हुने ति नेताले जनाए।
त्यस्तै बैठकमा बैठकले प्रदेश र जिल्लाको नेतृत्वको बारेमा पनि छलफल गर्नेछ।