logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा

    संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा

    735
    Shares
    संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् ।

    सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताए । उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए ।

    थापाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नैपर्ने न्युनतम कुराहरुको संशोधन हुने बताए । उनले संयन्त्रले शुरुमा काँग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरे ।

    उनले एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए । संसदलाई अझै समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्ने बताए ।

    महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरुको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताए ।

    उनले अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्न आवश्यक भएको बताए । नेपाली काँग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा काँग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने बताए ।

    महामन्त्री थापाले काँग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताए । उनले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताए । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरु देखिने गरी काम गर्ने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend