काठमाडौं । प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ आईतवार सम्पन्न भएको छ ।
गत शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा २८ हजार मानिसहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनीले नेपालमै बसेर प्रविधिको क्षेत्रमा काम गर्दै आएका कम्पनी र मानिसहरुलाई थप प्रोत्साहित गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।
उनले प्रदर्शनीमा सहभागि हुन आएका विदेशी कम्पनीहरुबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताए । उनका अनुसार प्रदर्शनीलाई इमिर्जङ मार्केटका रुपमा लिएका विदेशी प्राविधिक कम्पनीहरु नेपालमै प्रविधिको क्षेत्रमा लगानी गर्न समेत उत्साहित भएका छन् ।
उक्त प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि समेत सहयोग पुग्ने उनको विश्वास छ ।
उनले भने, ‘हाम्रो प्रदर्शनीलाई करिब २८ हजार जनाले अवलोकन गर्नुभएको छ । यो अवलोकन गर्नेहरुमा पनि धेरै मान्छेहरु उद्यमी, व्यवसायी र प्रविधिको क्षेत्रमा काम गर्ने मान्छेहरु रहनु भएको छ । यहाँ हामीले नेपाल, भारत लगायतका देशहरुबाट आउनु भएका यही क्षेत्रम काम गर्ने चीन, भारत लगायतका कम्पनीहरुको प्रतिक्रिया पनि लिएका थियौं ।
उहाँहरुले पनि यसलाई ईमर्जिङ मार्केटको रुपमा लिएर यसको माध्यमबाट नेपाली मार्केटमा कनेक्ट गर्न सजिलो भयो । हामीले आफ्नो कम्पनीहरुको प्रचार गर्न पाएको र अगामि वर्षहरुमा हुने प्रदर्शनीमा समेत सहभागि हुने भन्नुभएको छ । उहाँहरुले नेपालमा रोजगारीका थप अवसरहरु सिर्जना हुने पनि विश्वास गर्नु भएको छ ।
विश्वका विभिन्न नयाँ नयाँ प्रविधिहरुको नेपालमै अवलोकन गर्न पाउँदा देशभित्रै प्रविधिको क्षेत्रमा काम गर्ने साथिहरु खुसिका साथै उत्साहित पनि भएका छन् । यस प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि पनि सहयोग गरेको उहाँहरुको प्रतिक्रिया छ । यो प्रदर्शनमा तीनदिन सम्म आएर भ्रमण गर्नुहुने सबै जनालाई आयोजकको तर्फबाट धन्यावाद भन्न चाहान्छु ।’
उनले यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताए । उनले मेला नयाँ नयाँ प्रविधिहरुसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्वपूर्ण हुने बताए ।