काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
रास्वपा सांसदहरुले सभामुखलाई भेटेर पदबाट निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् । सभामुख घिमिरेले भने यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए ।
रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श समेत गरेका थिए ।
आइतबार सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर रविविरुद्ध मुद्दा दायर भएको छ ।
मुद्दा दायर भएपछि कास्की प्रहरीले संसद् सचिवालयलाई यससम्बन्धी जानकारी गराइसकेको छ ।