पुस २० काठमाडौं, प्रचण्ड- नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ। अध्यक्ष माधव कुमार नेपालको अध्यक्ष्यतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रमबारे रणनीति निर्माण गर्ने , जिल्ला र प्रदेश तहमा नेतृत्व चयनबारे छलफल गर्ने बताइएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित छैनन्। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत गएका छन्।