logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

    नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

    2.7K
    Shares

    पुस २१काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको गण्डकी प्रदेशको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट शंकर पोखरेललाई हटाएको छ ।

    पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ भने गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललाई दिने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर ज्ञवाली र पौडेललाई इन्चार्जको जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    त्यस्तै, गण्डकी प्रदेश सह-इन्चार्ज तुल बहादुर गुरूङलाई तोकेको छ । त्यस्तै, प्रदेश सचिवको जिम्मेवारी श्रीमाया थकालीलाई दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend