पुस २१ काठमाडौं, प्रचण्ड- नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ। उक्त समुहले मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको हो ।
उक्त समूहको आज बसेको बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै शत्रुधन महतोलाई आफ्नो पक्षको दलको नेता चयन गरेको हो।
मण्डलविरुद्ध उपनेता रामकुमार यादव समक्ष गत बुधबार नै प्रचण्ड–माधव नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
यसअघि पनि उक्त पक्षले बागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्य र प्रदेश १ बाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको थियो।