मुगु । बुधबार एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम् खत्याड गाउँपालिका–४ माझचौर भन्ने स्थानमा थियो ।
एउटा स्टेक्चरमा ४ – ५ जना अधबैंसे महिलाले बिरामी बोकेर माझचौरस्थित एक निजि औषधि पसल (अस्पताल) तर्फ लग्दै थिए । उनीहरु गाउँपालिकाकै वडा नम्बर– ३ माथि खर्कगाउँका स्थानीय महिला थिए ।
खत्याड गाउँपालिका–३ माथिखर्क गाउँकी ७० वर्षकी पन्चा टमटा दमले थला परेर गाउँमा उपचार सम्भव नभएपछि उनलाई गाउँकै ४–५ जना महिला मिलेर उपचारको लागि बोकेर औषधि पसल पुर्याएर उपचार गराएका थिए ।
खत्याड–४ माझचौरमा देखिएको यो दृश्य बिरामी बोकेकी नजिकैको खर्कगाउँकी महिलाको हो ।
करिब डेढ घण्टाको पैदल दुरीमा रहेको यस गाउँदेखि ४–५ जना महिलाले स्टेचरमा बिरामी बोकि उपचार गराउन मेडिकल पुग्नु सम्भवत जिल्लाको लागि पहिलो घटना हो ।
‘उक्त दृश्य माझचौरमै स्टेसनरी पसल गर्दैआएका खत्याड–११ रातापानीका कमल कार्कीको आखामा ठोकियो उनले तस्बिर खिचे अनि फेसबुकमा पोष्ट गर्दै लेख्छ्न्, ‘देशको अवस्था यतिसम्म भईसकेछ, जवकी गाउँमा कोहि बुडापाका बिरामी हुँदा पनि बोकेर स्वास्थ्य चौकी सम्म लिन बोक्नलाई युवाहरू छैनः हुन त कसरी गाउँमा युवाहरु बसुन रोजगारी छैन, श्रम गरेर खान पुग्दैन, काम गरेनी बर्षौसम्म ज्याला मिल्दैन, अनि कसरी गाउँमा बस्ने ? कसरी परिवार पाल्ने ? देशका ७५३ स्थानीय तहका वडादेखि केन्द्रसम्म भ्रष्टाचारी नेतालाई पालनपोषण गर्न सबै पार्टी लागिपर्ने अनि कसरी देश अगाडि बड्ला ? अबको एक बर्षपछि गाउँमा युवा देखियो भने कि त्यो नेताको गुलाम हो, कि अशक्त छ भनेर बुज्दा हुन्छ । अनि बुडापाका घरभित्रै मरेर कुहिने अवस्था हुन्छ । के बिजोक देख्नु यी आँखा ।’
खत्याड गाउँपालिका–३ माथिखर्क गाउँकी ७० बर्षकी पंचा टमटा दमले थला परेर गाउँमा उपचार नभएपछि उनलाई गाउँकै ५–६ जना महिलाले बोकेर अस्पताल पुर्याएर औषधि उपचार गराएकी छ्न् ।
यस बिषयमा उनका छोरा चन्द्र बहादुर बिकलाई फोन गरी बुज्दा उनी भन्छ्न, ‘म माझचौरमा पसल गरेर बस्छु, घरमा आमा दमले थला परेको थाहा पापछि आमाको उपचारको लागि घर गएँ । गाउँमा युवाहरू कोहि छैन, सबै रोजगारीको लागि गाँउ भन्दा बाहिर गएका छ्न ।’ उनले दुखेसो पोखे ।
बिरामी आमालाई एक्लै बोक्न सम्भव नभएपछि गाउँकै महिला दिदिबहिनीहरुले बोकेर अस्पताल पुर्याएको उनले सुनाए । आमाको उपचारपछि पुनः महिलाहरूलेनै बोकेरै घरसम्म पुर्याएको छोरा चन्द्रबहादुरले बताए । ‘यो कुनै रहर नभएर बाध्यता हो’ उनले थपे ।
६० घरधुरी रहेको माथीखर्क गाउँमा दलित बस्ति यतिबेला युवाबिहिन जस्तै छ । खर्क गाउँमा मात्रै होइन दशैँ तिहार र कात्तिकको काम सकेर युवाहरू मज्दुरीका लागि गाउँ बाहिर जाँदा मुगुका दर्जनौं बस्ती युवाबिहिन जस्तै बनेका छ्न् ।
आज गाउँमा यस्तो दर्दनाक अवस्था छ । राज्य कानमा तेल हालेर बसेको जस्तै महसुस स्थानीयले गरेका छ्न् ।