logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भेनेजुएलाको संसदका सदस्यहरुले लिए सपथ, अमेरिकासमर्थित गुएइदो बाहिरिए

    भेनेजुएलाको संसदका सदस्यहरुले लिए सपथ, अमेरिकासमर्थित गुएइदो बाहिरिए

    2.1K
    Shares

    काराकास । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको नयाँ संसदका सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका छन् । संसदमा वर्तमान राष्ट्रपति निकोलास मदुरोका समर्थकहरुको बहुमत रहेको छ । विपक्षी नेता हुँवा गुएइदो भने औपचारिक रुपमै संसदीय कारबाहीबाट अलग भएका छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नयाँ संसदको निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् ।

    अमेरिकी विदेश मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाको आधिकारिक राष्ट्रपति गुएइदो रहेको जनाएको छ । मन्त्री पोम्पेओले भनेका छन्, ‘नयाँ संसद गैरकानुनी छ र यसलाई अमेरिकाले बैधानिक मान्दैन ।’ संसदको नयाँ निर्वाचन परिणामलाई अमेरिका सहित ब्राजिल, कोलम्बिया र उरुग्वेले पनि मान्यता नदिने जनाएका छन् ।

    दक्षिण अमेरिकाका एक दर्जन मुलुक र क्यानाडा समेत सहभागी रहेको लिमा समूहका सदस्यहरुले भेनेजुएलामा सम्पन्न संसदीय निर्वाचन र त्यसबाट प्राप्त परिणामलाई अस्वीकार गर्ने जनाएका छन् । नेसनल एसेम्ब्लीको कूल २७७ स्थानमध्ये २५६ स्थानमा राष्ट्रपति मदुरोको युनाइटेड सोसलिस्ट पार्टी र यसको गठबन्धन दलले जितेको छ ।

    भेनेजुएलामा गत डिसेम्बर ६ मा संसदका लागि निर्वाचन भएको थियो जसलाई विपक्षी दलहरुले बहिस्कार गरेका थिए । नेसनल एसेम्ब्लीको कार्यकाल पाँच वर्षको हुन्छ । यसअघि यस सभामा विपक्षीको बहुमत रहेको थियो, र विपक्षी नेता गुएइदो सन् २०१९ देखि सभामुख थिए ।

    गुएइदोले विपक्षी सांसदहरुलाई समेटेर समानान्तर छाया संसद बनाउने योजना बनाएका छन् । उनलाई विश्वका झण्डै ५० वटा मुलुकले भेनेजुएलाका आधिकारिक राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् । राष्ट्रपति मदुरोमाथि मतदानमा धाँधली गरेको आरोप लाग्दै आएको छ । संसदमा यसअघि विपक्षीको बहुमत रहेपनि संसदले गर्ने हरेक निर्णयलाई मदुरोको प्रभावमा रहेको सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend