logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सुवास नेम्वाङले भनेका थिए, ‘प्रधानमन्त्रीलाई सनक चढ्दैमा संसद विघटन गर्न मिल्दैन’ (भिडियो सहित)

    सुवास नेम्वाङले भनेका थिए, ‘प्रधानमन्त्रीलाई सनक चढ्दैमा संसद विघटन गर्न मिल्दैन’ (भिडियो सहित)

    2.3K
    Shares

    पुस २० काठमाडौं, तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ । 

    संसदीय मामिलासम्बन्धी सञ्चारकर्मीले सामाजिक सञ्जालमा शेयर गरेको भिडियोमा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका हुन् । उनले भनेका छन् ‘अहिलेको संवैधानिक व्यवस्था भनेको आवधिक निर्वाचन हो, १५ २० दिन अगाडि पछाडि होला, तर ठ्याक्क पाँच वर्षमा चुनाव हुन्छ ।’

    अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। संविधानमा यो व्यवस्था छैन। पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ – सुवास नेम्वाङ, अध्यक्ष, संविधान सभा। भिडियोका लागि यो लिंकमा जानुहोस् :

    अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। संविधानमा यो व्यवस्था छैन। पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ – सुवास नेम्वाङ, अध्यक्ष, संविधान सभा। pic.twitter.com/pD3dSu3KlC

    — ParliamentaryJournos (@jspanepal) July 20, 2019 “>

    उनले विगतमा जस्तो प्रधानमन्त्रीलाई सनक चढ्दैमा र रिस उठ्दैमा संसद विघटन गर्ने अधिकार २०७२ को संविधानमा नभएको स्पष्ट पारेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे पछि भने नेम्वाङले खुलेर कुनै प्रतिक्रिया दिएका छैनन् । आफू निकट व्यक्तिसँगको अनौपचारिक कुराकानीमा संसद विघटन गलत भएको बताए पनि भित्रभित्र भने नेम्वाङले ओली गुटमा रहेर प्रधानमन्त्रीको कदमलाई सघाइरहेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend