logo

२०८१ पुष १८ बिहिबार

logo
  • बिहिबार, १८ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    गम्भीर आर्थिक संकटमा हेटौंडा सिमेन्ट : सञ्चित नोक्सान सवा अर्ब, निजीकरण होला कहिले ?

    गम्भीर आर्थिक संकटमा हेटौंडा सिमेन्ट : सञ्चित नोक्सान सवा अर्ब, निजीकरण होला कहिले ?

    469
    Shares
    गम्भीर आर्थिक संकटमा हेटौंडा सिमेन्ट : सञ्चित नोक्सान सवा अर्ब, निजीकरण होला कहिले ?

    काठमाडौं । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको सरकार स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड अहिले गम्भीर आर्थिक संकटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा उद्योग आर्थिक संकटमा परेको हो ।उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ ।

    आर्थिक संकटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताएका छन् ।

    उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । ‘हामीसँगै कच्चा पदार्थको अभाव छैन’, अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’

    आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

    निरन्तर घाटामा

    आर्थिक वर्ष २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ । उद्योग पटक पटक बन्द र सञ्चालन हुँदै आएको छ । पुराना उपकरणले गर्दा उद्योगले उत्पादन गर्न सकेको छैन् । त्यसैले सिमेन्ट उद्योग बचाउने हो भने रणनीति साझेदार वा निजीकरणको विकल्प छैन ।

    अर्थ मन्त्रालयका अनुसार उद्योगको सञ्चित नोक्सान बढेर १ अर्ब १५ करोड ६० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७९/८० मा मात्रै उद्योग २५ करोड ४८ लाख नोक्सानमा छ । सरकारलाई १२ करोड रुपैयाँ सावाँ र १ करोड ९० लाख रुपैयाँ ब्याज तिर्न बाँकी छ । बन्द उद्योगमा ३ सय ७३ जना कार्यरत छन् ।

    उद्योगको चुक्ता पुँजी ९० करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । एक अर्ब ६८ करोड ३८ लाख ६४ रुपैयाँ आम्दानी गरेको थियो । एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भई १६ करोड ३६ लाख तीन हजार चार सय ९९ रुपैयाँ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको छ ।

    आर्थिक वर्ष २०७५/७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । एक अर्ब ६४ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सो वर्ष उद्योग एक करोड पाँच लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

    त्यसपछि आर्थिक वर्ष २०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकोमा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा एक अर्ब एक करोड तीन लाख रुपैयाँ आम्दानी गरेको थियो । २३ करोड ८२ लाख २४ हजार रुपैयाँ उद्योगलाई घाटा भएको थियो ।

    आर्थिक वर्ष २०७७/७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गर्दा १७ करोड चार लाख रुपैयाँ घाटा भएको थियो ।

    यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा एक अर्ब चार करोड ३४ लाख रुपैयाँ आम्दानी गरेकोमा २३ करोड ५५ लाख रुपैयाँ घाटामा गएको थियो ।आर्थिक वर्ष २०७९/८० मा एक अर्ब दुई करोड ३९ लाख रुपैयाँ आम्दानी गर्न सफल रहेको उद्योगले एक अर्ब १३ करोड ५५ लाख रुपैयाँ थियो ।

    उद्योगमा कच्चा पदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ ।

    कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक सिमेन्ट उत्पादन क्षमता दुई लाख २५ हजार टन छ ।

    निजीकरण गर्ने सरकारको तयारी

    निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही सार्वजनिक संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गत कात्तिक ५ मा बसेको समितिको बैठकले जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।

    यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग र हेटौडा सिमेन्ट उद्योगको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषदबाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) का लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिने भएको छ ।

    सम्पत्ति र दायित्व मूल्यांकन भएपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रकृया पहिचान गरी सरकार समक्ष सिफारिस गरिने भएको छ । समितिको बैठकमा दिइएको जानकारीअनुसार हेटौडा सिमेन्ट उद्योग कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा रहेका छन् ।

    यो पनि : 

    बन्द र कमजोर संस्थानको निजीकरण गर्ने सरकारको तयारी, वर्गीकरणका लागि सिफारिसको निर्णय

    हेटौंडा सिमेन्टले पुस पहिलो सातादेखि उत्पादन सुरु गर्ने

    हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने

    उपकरण मर्मतमा ढिलाइ हुँदा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन अझै १५ दिन लाग्ने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend