logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने काम गर्छु : पूर्णबहादुर नेपाली

    नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने काम गर्छु : पूर्णबहादुर नेपाली

    182
    Shares
    नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने काम गर्छु : पूर्णबहादुर नेपाली

    काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदुत पूर्णबहादुर नेपालीले आफू राजदुत बनेसँगै नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने गरी जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् ।

    आईतबार सिंहदरबारमा बसेको समिति बैठकमा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै नेपालीले यस्तो बताएका हुन् । बैठकमा संसदीय सुनुवाइको क्रममा प्रस्तावित राजदुत नेपालीले विश्व समुदायमा नेपालको प्रतिष्ठा तथा गौरवमय छवि रहेको बताउँदै आफू जिम्मेवार भएर राष्ट्रको हित हुने काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउँदै आर्थिक समृद्धिको ढोका खोल्न लागिपर्ने बताए । उनले नेपालको संविधान परराष्ट्र नीतिलाई पूर्ण रुपमा पालना गर्ने बताए ।

    उनले बौद्ध दर्शनको बिस्तारका लगि आफू लागिपर्ने बताए । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको उल्लेख गर्दै प्रचुर अवसर र सम्भावना रहेको बताए । उनले आफू लुम्बिनीलाई ध्यान तथा मेडिटेसनको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि बुद्धका योगदानहरुबारे जानकारी गराउँदै सुझबुझका साथ काम गर्ने बताए ।

    नेपालीको नाम गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुतमा समेत अनुमोदन भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend