काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो हार स्वीकार गरी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।
ट्रम्पले पहिलोपटक आफ्नो पराजय स्वीकार गरी ट्विटरमा भिडियो सन्देश जारी गरेका हुन् । जसमा उनले भनेका छन्, ‘अब मेरो ध्यान शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरणमा केन्द्रित हुनेछ ।’
उनले संसद् भवनभित्र आक्रमण गर्ने मानिस आफ्ना समर्थक नभएको दाबी पनि गरेका छन् ।
बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ ।
यसअघि उनले चुनावमा धाँधली भएको आरोप लगाएर बाइडेनको जित अस्वीकार गरिरहेका थिए । मत बदरको मागसहित उनले अदालतमा मुद्दासमेत हालेका थिए। तर प्रमाणका अभावमा अदालतले उनका उजुरी खारेज गरिदिए ।
— Donald J. Trump (@realDonaldTrump) January 8, 2021