logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    नेपाली गीत संगितहरु गुणस्तरीय बन्दै गइरहेका छन् : मन्त्री पाण्डे

    नेपाली गीत संगितहरु गुणस्तरीय बन्दै गइरहेका छन् : मन्त्री पाण्डे

    189
    Shares
    नेपाली गीत संगितहरु गुणस्तरीय बन्दै गइरहेका छन् : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगितहरु गुणस्तरीय बन्दै गइरहेका बताएका छन् ।

    सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

    उनले नेपाली गीतहरु गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरु विस्थापित हुँदै गइरहेका उल्लेख गरे । उनले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताए ।

    भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरुको महत्वपूर्ण भुमिका हुने उनको भनाइ छ ।

    उनले भने, ‘सुदूरपीश्चमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभुषालाई विकास गरी यहाँसम्म ल्याइपुर्याएका छौं । यसको अझै विकास गर्नुपर्ने छ । भाषाको विकासमा कलाकार साथीहरुको महत्वपूर्ण सहयोग हुन्छ ।

    कुनैबेला हामीले हिन्दी गीतहरु सुन्नुपथ्र्यो । आज गुणस्तरीय बनाउन सकेकै कारणले नेपाली गीतहरु सुन्न थालेका छन् । त्यसैले गुणस्तरको सबै ठाउँमा महत्व छ । यहाँहरुको लगन र मेहेनतले गुणस्तरीय समग्रिहरु प्रस्तुत गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’

    कार्यक्रममा सुदूपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend