logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    क्रिकेटर दीपेन्द्रसिंह ऐरी बने ओमोडाको ब्राण्ड एम्बासडर

    क्रिकेटर दीपेन्द्रसिंह ऐरी बने ओमोडाको ब्राण्ड एम्बासडर

    588
    Shares
    क्रिकेटर दीपेन्द्रसिंह ऐरी बने ओमोडाको ब्राण्ड एम्बासडर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेलाडीलाई प्रोत्साहन गर्ने पुरस्कारका कारण खेलप्रति युवाहरू आकर्षित हुने बताएका छन् ।

    सोमबार क्रिकेटर दीपेन्द्रले खेलबाट पनि केही गर्नसक्छौं भन्ने खेलाडीमा आशा र भरोसा बढेको बताएका हुन् । कार्यक्रममा एसपिजी अटोमोबाइल्स प्राली (ओमोडा एण्ड जेइकोको लागि नेपालका अधिकारी वितरक) ले सोमबार पत्रकार सम्मेलनमार्फत दीपेन्द्रलाई ब्राण्ड एम्बासडर घोषणा गरेको थियो ।

    सोही अवसर केही हप्ता अगाडि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअर अफ दी टुर्नामेण्ट भएबापत प्राप्त ओमोडा इ फाइभ गाडी पनि हस्तान्तरण गरिएको थियो ।

    एनपिएलको सुदूरपश्चिम रोयल्सका कप्तान समेत रहेका दीपेन्द्रले यस किसिमको पुरस्कारले खेलाडीहरूको आत्मविश्वास बढेको बताए । साथै पुरस्कार व्यवस्था गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै खेलाडीलाई प्रोत्साहन हुने र लिगले पनि खेलाडीलाई खेलमा केही गर्न सक्छु भन्ने भरोसा मिलेको बताए ।

    उनले शारदा ग्रुप र नेपाली क्रिकेटबीचको यात्रा लामो होस् भन्ने शुभकामना पनि दिए । उनले यसअघि लिगमा बाइक दिने प्रचलन भएपनि गाडी पाउने भएपछि खेलाडीका लागि सुखद् पक्ष रहेको बताए ।

    कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा, प्रवन्ध निर्देशक सन्दीपकुमार शारदा र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले क्रिकेटर दीपेन्द्रलाई उत्कृष्ट खेलाडीबापतको पुरस्कार पनि हस्तान्तरण गरेका थिए ।

    सोही अवसरमा ब्राण्ड एम्बेसडर घोषणा पनि गरिएको थियो । उनीहरूबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । कार्यक्रममा दीपेन्द्रका आमाबुबाको पनि उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend