काठमाडाैं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्टमा स्थायी प्रतिबन्ध लगाएकाे छ ।
हिंसा भड्काएको र जाखिमका कारण राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका ट्वीटरले जनाएकाे छ । ‘@realDonaldTrump ह्याण्डलबाट पछिल्लो समय भएका ट्वीटहरुको पुनरावलोकनपछि सदाका लागि सो ह्याण्डल बन्द गर्ने निर्णयमा पुगेको हाे ।’ ट्वीटरले भनेकाे छ ।
यसअघि पनि ट्वीटरले ६ जनवरीमा डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो । त्यतिबेला नै ट्रम्पले नियम उल्लंघन गरेमा सदाका लागि प्रतिबन्ध लगाउने ट्वीटरले चेतावनी दिएकाे थियाे ।