काठमाडाैं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिका आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भएकाे बताएका छन् । किमले जो राष्ट्रपति भए पनि वासिङटनले आफ्नो देशप्रति लिएको नीति परिवर्तन नगर्ने भएकाले उत्तर काेरियाकाे शत्रु अमेरिका भएकाे बताएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
वर्कर्स पार्टीको कंग्रेसमा सम्बोधनका क्रममा उनले उत्तर कोरियालको आणविक शक्ति बढाउने पनि बताए । उनले आणविक हतियारका साथ सैन्य क्षमताको थप विकास गर्ने घोषणा गरेका हुन् ।
अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने बेलामा किमको यस प्रकारकाे टिप्पणी आएको हो । अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकहरुले बताएका छन् ।
डोनाल्ड ट्रम्पसँग किमको सम्बन्ध राम्रो रहेको थियो । ट्रम्प र किमबीच विभिन्न चरणमा वार्ता पनि भएकाे थियाे ।