logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • छ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत

    छ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत

    217
    Shares

    सिरहा । चालु आर्थिक वर्ष २०८१/०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाकोे पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ । शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गरेका हुन् ।

    नगरप्रमुख चौधरीका अनुसार १४औँ नगरसभाबाट पारित जम्मा एक अर्ब २३ करोड एक लाख ९२ हजार रुपैयाँ आय र व्ययको अनुमानसहितको वार्षिक बजेटबाट हालसम्म जम्मा २८ करोड ५६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । यसमध्ये चालु खर्चतर्फ २४ करोड २३ लाख तीन हजार रुपैयाँ अर्थात् १९ दशमलव ७० प्रतिशत रहेको छ ।

    त्यसैगरी पुँजीगतअर्थात् विकास खर्चतर्फ चार करोड ३३ लाख ४७ हजार रुपैयाँ अर्थात् तीन दशमलव ४५ प्रतिशत खर्च भएको हो । यहाँ २४ वटा वडा रहेका छन् । नगरप्रमुख चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना तथा कार्यक्रम दुई दिन चल्ने बन्द–शत्रमा छलफल गरी पारित गर्ने जानकारी दिए ।

    शुक्रबार उद्घाटन गरिएको १५औँ हिउँदे नगरसभाको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए। स्थानीय शासन सञ्चालन ऐन, २०७४ मा नगरसभा वर्षमा दुई पटकसम्म गर्न सकिने भनी उल्लेख गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend