logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • जलविद्युतमा आक्रमक सानिमा बैंकले ४९ अर्ब लगानी गर्दै

    जलविद्युतमा आक्रमक सानिमा बैंकले ४९ अर्ब लगानी गर्दै

    588
    Shares
    जलविद्युतमा आक्रमक सानिमा बैंकले ४९ अर्ब लगानी गर्दै

    काठमाडौं । सानिमा बैंकले जलविद्युतमा आक्रमक रुपमा लगानी बढाउँदै गएको छ । अहिलेसम्म बैंकले १५ सय मेगावाट क्षमताका जलविद्युत आयोजना बनाउन सहवित्तीयकरणमार्फत ४९ अर्ब रुपैयाँ ऋण लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चल पाण्डले बताए । उनका अनुसार बैंकले २० अर्ब रुपैयाँ ऋण लगानी गरिसकेको सुनाए । बाँकी लगानीको प्रक्रियामा रहेको उनले बताए ।

    नेपाल राष्ट्र बैंकले कूल ऋणको न्यूनतम् १० प्रतिशत जलविद्युतमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकले १० प्रतिशत ऋण लगानी लक्ष्य पुर्याइसकेको सिइओ पाण्डेले सुनाए । बैंकले जलविद्युतमा अझै लगानी बढाउँदै जाने उनले बताए । यो हिसावले केही वर्षभित्र १८ प्रतिशत पुग्ने देखिएको छ । सबैभन्दा बढी लागनी गर्नेमा सानिमा बैंक रहेको उनले बताए ।

     

    बैंकले लालुपाते हाइड्रोपावर कम्पनी प्रालिले निर्माण सुरु गरेको ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनामा नेतृत्वकर्ता बैंकको रुपमा सानिमाले १ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । सानिमा बैंकको अगुवाइमा ७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । जसमा नबिल बैंकले १ अर्ब ५० करोड, सिटिजन्स बैंकले १ अर्ब रुपैयाँ दाना खोला आयोजनामा ऋण लगानी गर्ने भएका छन् ।

    ऋण लगानी गर्ने अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआइ बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १/१ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :

    ऋण लगानी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा लालुपाते हाइड्रोपावरका कार्यकारी अध्यक्ष मोहनकुमार डाँगी र नेतृत्वकर्ता बैंकको तर्फबाट पाण्डेले हस्ताक्षर गरेका छन् ।

    आयोजना बनाउन कूल ९ अर्ब ९६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये बैंकहरुले ७ अर्ब ४७ करोड रुपैयाँ ऋण र २ अर्ब ४९ करोड रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ । २५ प्रतिशत संस्थापकको स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी हुनेछ ।

    बैंक सानिमा हाइड्रो ग्रुपका संस्थापकहरुले स्थापना गरेका हुन् । सानिमा ग्रुप पनि पछिल्लो समयमा जलविद्युतमा लगानी बढाइरहेको छ । अहिलेसम्म १ सय ५० मेगावाट बराबरका आयोजना सम्पन्न गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend