logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसक्यो, ढुक्क हुनुस् खोप आउँछ: स्वास्थ्यमन्त्री

    खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसक्यो, ढुक्क हुनुस् खोप आउँछ: स्वास्थ्यमन्त्री

    2.6K
    Shares

    काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरानो भाइरसविरूद्धको खोप अभियान सञ्चालनका लागि कानूनी जटिलता समाप्त भइसकेको बताएका छन्।  स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले  खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका हुन्। 

    खोप ल्याउनका लागि आर्थिक रूपले अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ,’ पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘ढुक्क हुनुस् खोप आउँछ, निश्चिन्त हुनुस्, खोप आउँछ ।’ सरकारले खोप ल्याउन भारत, रुस र युइएसँग छलफल गरिरहेको उनले जनाए। 

    मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिए। 

    भ्याक्सिनका लागि १६ हजार खोपकेन्द्र परिचालन गरिने र ५ हजार कर्मचारीको व्यवस्था गरिने मन्त्री त्रिपाठीले जानकारी दिए।  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend