logo

२०८१ पुष २४ बुधबार

logo
  • बुधबार, २४ पुष २०८१
  • मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

    मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

    1.5K
    Shares
    मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

    आज दिउँसो देशैभरका हिमाली, पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    आज राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली रही फाटफूटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend