logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • मदन भण्डारी र जबज छाड्ने माधव नेपाल होइन केपी ओली हो: प्रचण्ड

    मदन भण्डारी र जबज छाड्ने माधव नेपाल होइन केपी ओली हो: प्रचण्ड

    2.2K
    Shares

    पोखरा , (प्रचण्ड- माधव) समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जनताको बहुदलीय जनवाद ‘जबज’ छोड्ने माधव नेपाल नभई केपी ओली भएको बताएका छन्। 

    गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

    पार्टी एकताका बेला दुइवटा पार्टीको लाइनका विषयमा भएको लामो बहसमा  माधव नेपालले अहिले नै जबज छोड्दा राम्रो हुँदैन् भन्ने धारणा राखेको तर ओलीले नै जनताको बहुदलीय जनवाद छाडेर समाजवादउन्मुख जनताको जनवादमा सहमति गरेर नै हस्ताक्षर गरेको प्रचण्डको भनाई थियो। 

    ‘तर ओलीले यो सब एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै गरेको भन्ने पुष्टि भयो।’ प्रचण्डले भने। 

    प्रचण्डले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउने ठोकुवा पनि गरे। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend