काठमाडौं। रुसले कोरोना विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।
रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो । यो खोप रुस, बेलारुस, अर्जेन्टिनालगायतका देशले प्रयोग गर्न थालिसकेका छन् ।
यो खोप ५० भन्दा बढी देशले झण्डै डेढ अर्ब डोज माग गरिसकेका समेत रुसले जनाएको छ ।स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी रुसले गरेको छ । खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर पर्ने छ ।