logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • छबिलाल जोशीलाई पनि ८८ लाख धरौटीमा छाड्न आदेश

    छबिलाल जोशीलाई पनि ८८ लाख धरौटीमा छाड्न आदेश

    868
    Shares
    छबिलाल जोशीलाई पनि ८८ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । सूर्यदर्शन सहकारी संस्था लिमिटेडको बचत रकम ठगीमा मुछिएका छबिलाल जोशीलाई पनि धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख  रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

    जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । यस्तै सहकारी प्रकरणमा मुछिएका लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको हो । रामबहादुर सँग १५ लाख,  पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५ ५ लाख र कृष्णबहादुर गुरुङसँग १ लाख रुपैयाँ धरौटी माग भएको छ ।

    छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend